महाधिवेशनको तयारीमा जुट्न राजपाको सर्कुलर जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महाधिवेशनको तयारीमा जुट्न राजपाको सर्कुलर जारी

rajapa

काठमाडौं, २३ साउन । राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गरेको छ ।

राजपा, नेपालको बुधबार बसेको पार्टीका शीर्ष तहको बैठकले आगामी महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी अवस्थामा रहन पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गर्ने निर्णय गरिएको नेता राजकिशोर यादवले जानकारी दिए ।

संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक प्रशिक्षणको कार्यक्रम संचालन गर्ने निर्णय पनि गरिएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको थियो ।

राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने लिखित सहमति गरेपछि सरकारलाई समर्थन गरेको थियो । सोही सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री केपी ओलीसँग बिहीबार पुनः भेट गर्ने निर्णय पनि गरिएको नेता यादवले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);