सूचनाको प्रवाह मुलुकलाई समृद्ध बनाउने सबैभन्दा ठूलो शक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सूचनाको प्रवाह मुलुकलाई समृद्ध बनाउने सबैभन्दा ठूलो शक्ति

काठमाडौं, २३ साउन । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको प्रवाह मुलुकलाई समृद्ध बनाउन सबैभन्दा ठूलो शक्ति भएको बताएका छन् ।

प्रमुख सूचना आयुक्त बास्कोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ बनाउन पनि सूचना प्रवाहले महत्वपूर्ण योगदान पु¥याउने स्मरण गराए ।

बुधबार काठमाडौंमा आयोजित प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधिहरुसँग भएको सूचनाको हकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सूचनाको माध्यमबाटै मुलुकको विकास र समृद्धिको परिकल्पनालाई साकार पार्न सकिने स्पष्ट पारे ।

प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना प्रवाहको माध्यामबाट स्थानीय तहलाई समृद्ध बनाउन सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका सूचना आयुक्तद्धय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले सूचना प्रवाहको आवश्यक्ताबारे चर्चा गरेका थिए । अन्तरक्रिया कार्यक्रममा प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);