पर्यटकीय केन्द्र ठमेलमा सडक निर्माणमा बेथिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटकीय केन्द्र ठमेलमा सडक निर्माणमा बेथिति

तेजना पण्डित

काठमाडौं, २९ असार । काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलको कुवाबाहल चोकदेखि ठैटीसम्मको सडक ढल बनाउने नाममा भत्काइएको डेढ महिना बढी भइसक्यो । तर, अहिलेसम्म बनाइएको छैन।

सडकको यो बेथितिले ठमेल क्षेत्रलाई कुरुप बनाएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । विदेशी पर्यटकले पनि पर्यटकीय क्षेत्रमा सडकको दुरावस्थाले आफूहरु आश्चर्यमा परेको बताएका छन् ।

नेपाल घुम्न आउने अधिकांश पर्यटक राजधानीको ठमेल नपुगि फर्किदैनन् । तर, पछिल्लो समय यही ठाउँ सरकारी उदाशिनताले कुरुप बनेको छ । जेठ मसान्तभित्र काम सम्पन्न गरीसक्ने गरी ढल निर्माण सुरु गरिए पनि अहिलेसम्म सकिएको छैन ।

कुवाबाहल चोकदेखी ठैटीसम्मको सडक असार सकिन लाग्दासमेत उस्तै छ । समयमा सडक निर्माण नहुँदा स्थानीयबासीसँगै पर्यटकले पनि सास्ती बेहोर्नु परेको छ ।

दैनिक ठमेल जाने पर्यटकहरुले त्यहाँ फोटो खिचेर आफ्नो देशमा पठाउँदा नेपालको छविसमेत बिग्रने स्थानीयहरु बताउँछन् । मन्त्रीसमेत ठमेल छिरेर फोटो खिच्ने तर फोटो नै फोहोर देखिने गरी बिग्रिएको सडक मर्मतमा पहल नगर्ने प्रवृत्तिले स्थानीय हैरान बनेका छन् ।

उनीहरुले सडक समयमा निर्माण गर्नको लागि ठमेल पर्यटन बिकास परीषदले समेत कुनै समन्वय नगरेको गुनासो समेत गरेका छन् ।

अहिले असारे विकास चलिरहेको छ । तर, यो सडकले त्यस्तो विकासको पनि अवसर पाएको छैन । जसले गर्दा स्थानीयसँगै पर्यटक पनि सास्ती झेल्न बाध्य छन् । पर्यटकहरु सडककै कारण आफूहरुले हिँडडुल गर्न कठिन भएको बताउँछन् । हिलो सडकमा टेकेर पसलमासमेत पस्न मन नलाग्ने उनीहरुको गुनासो छ ।

ठमेल पर्यटन बिकास परिषदले भने सडक निर्माण समयमा सम्पन्न गर्नको लागि पहल गरीरहेको दाबी गरेको छ । नगरपालिकासँग समन्वय गर्दै काम भइरहेको र बिगतको ठमेलभन्दा धेरै सुधार भएको परिषदको दाबी छ ।

महानगरपालिकाले भने आफ्नो प्रमुख प्राथमिकतामा ठमेल क्षेत्रलाई राखेको भन्दै उक्त क्षेत्रका समस्या दुई चारदिन भित्र समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);