वर्षासँगै लेदोसहितको पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

वर्षासँगै लेदोसहितको पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

pahiro

काठमाडौं, २८ असार । अविरल वर्षाका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

पर्वतको मोदी गाउँपालिका–५ स्थित बाजुङमा लेदोसहितको पहिरोका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौं सवारीसाधन बीच बाटोमा रोकिएका छन् ।

सवारीसाधन रोकिंदा यात्रुको विचल्ली भएको छ । पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);