अमेरिकाबाहेकका ठूला मुलुक इरानले तेल बेच्न पाउनुपर्ने पक्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकाबाहेकका ठूला मुलुक इरानले तेल बेच्न पाउनुपर्ने पक्षमा

tel

एजेन्सी, २३ असार । इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिकाबाहेकका अन्य मुलुकले इरानले तेल बेच्न पाउने पक्षमा प्रतिवद्धता जनाएका छन् ।

तीन युरोपेली शक्तिराष्ट्र, रूस र चीनले संयुक्त विज्ञप्ति जारी गरी इरानले तेल बेच्न पाउने पक्षमा प्रतिवद्धता जनाएका हुन् । ती राष्ट्रले इरानसँग आर्थिक सम्बन्ध राख्न आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतालाई नमान्ने घोषणा गरी इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएका बेला बेलायत, फ्रान्स, जर्मनी, रुस र चीनले इरानलाई साथ दिने बताएका हुन् ।

चिनियाँ प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई पनि फाइदा नहुने बताए । चिनियाँ प्रधानमन्त्री खछ्याङले बाल्कनको शिखर सम्मेलनमा अमेरिकालाई लक्षित गरी व्यापार युद्ध गरेर कसैलाई फाइदा नहुने बताएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);