सर्वोच्चको फैसला पनि कीर्ते ! | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

सर्वोच्चको फैसला पनि कीर्ते !

sarbochha adalat

काठमाडौं, ३१ बैशाख । सर्वोच्च अदालतको नक्कली फैसला बनाई लागू औषध मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई छुटाउने प्रयास असफल भएको छ । नक्कली फैसला तयार पारी थुनामा रहेका व्यक्ति छुटाउने विषय जानकारीमा आएपछि सर्वोच्च अदालतले फैसला कारागार पु¥याउने तथा नक्कल गर्ने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्न पत्राचार गरेको छ ।

सर्वोच्चले २०६९ सालमा तोकेको दुई वर्ष कैद सजाय भोगिरहेका काभ्रेका सुनिल तामाङको कैद एक वर्ष घटाइएको फैसलाको प्रतिलिपि वैशाख २० गते कारागार कार्यालय जगन्नाथदेवलमा पुर्याइएको थियो । काभ्रे नमोबुद्धकै नानु तामाङले उक्त प्रतिलिपि कार्यालयमा पुर्याएका हुन् । एक पृष्ठको प्रतिलिपिमा दुई न्यायाधीशको हस्ताक्षर थियो । जसमा न्यायाधीशद्वय प्रेम शर्मा र देवेन्द्रगोपाल श्रेष्ठको नाम थियो । पत्राचार अदालतको नियमित ढाँचाभन्दा केही फरक प्रकृतिको थियो । फैसला मिति वैशाख २० गते लेखिएको थियो ।

धमिलो र अस्पष्ट प्रतिलिपि पाएपछि कारगार कार्यालयले आधिकारिकता परीक्षणका लागि सर्वोच्च प्रशासनमा वैशाख २८ गते पत्राचार गरेको थियो । कारगारको पत्राचारअनुसार अदालतले रेकर्ड खोजेको थियो । रेकर्ड अनुसार २०६९ पुस १३ गते भएको फैसला नै अन्तिम थियो । तत्कालीन न्यायाधीश सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठले उक्त फैसला गरेका थिए ।

नक्कली फैसलामा नाम उल्लेख भएका न्यायाधीश प्रेम शर्माले २०६९ असारमा नै सर्वोच्चबाट अवकाश पाइसकेका थिए । सुरुको फैसलामा पनि उहाँले अवकाश पाइसक्नु भएको थियो । श्रेष्ठले ०७४ असारमा अवकाश पाएका थिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा समाचार