एजेन्सी, साउन ३१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ’गोली र गाली’बाट कश्मीर समस्या समाधान नहुने भन्दै वार्ताबाटै समाधान खोज्नुपर्ने बताउनुभएको छ ।
भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा दिल्लीस्थित लालकिल्लामा आयोजित सभालाई सम्बोधन गर्दै मोदीलेपृथकतावादीहरुले कश्मीरमा ’षड्यन्त्र गरिरहेको’ टिप्पणीपनि गर्नुभयो । तर भारत र पाकिस्तानले वार्ता र संवादको माध्यमबाट कश्मीर समस्याको हल खोज्नुपर्नेमा प्रधानमन्त्री मोदीले जोड दिनुभयो । मुसलमान बहुल कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच दशकौंयता विवाद कायम छ । जसका कारण त्यहाँ प्रदर्शनकारी र भारतीय सुरक्षा फौजबीच पटक–पटक झडप हुने गरेको छ। कश्मीरबासीहरुसँगको समन्वयमा उक्त स्थानलाई ’पुनः स्वर्ग जस्तै बनाउनुपर्ने मोदीले बताउनुभयो ।
पाकिस्तानले आफ्नो ७० औँ स्वतन्त्रता दिवस मनाएको भोलिपल्ट भारतले भव्य कार्यक्रमसहित आफ्नो स्वतन्त्रता दिवस मनाएको हो ।