मालीस्थित राष्ट्र संघीय मिसनहरुमा भएको आक्रमणको निन्दा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

संयुक्त राष्ट्र संघ, ३१ साउन । मालीमा रहेको संयुक्त राष्ट्र संघीय मिसनमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का सदस्यहरुले कडा शब्दमा निन्दा गरेका छन् ।

यस आक्रमणमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको थियो । सुरक्षा परिषद्का सदस्यले माली सरकारलाई यस आक्रमणको तत्काल अनुसन्धान सुरु गर्न र अपराधीलाई सजाय दिलाउनुपर्ने उल्लेख गर्दै विज्ञप्ति प्रकाशित गरेका छन् ।

मालीमा अन्तरराष्ट्रिय कानूनको विपरित बारम्बार शान्ति सेनालक्षित आक्रमण हँुदै आएको पाइन्छ । सोमबार मालीको डोउएन्जा र टिम्बुक्टुमा रहेको संयुक्त राष्ट्र संघीय मिसन मिनुस्मा भएका आक्रमणमा मालीलगायत अन्य देशका संयुक्त राष्ट्र संघका शान्ति सेनाहरु मारिएका थिए ।

एक शान्ति सेनालगायत यसमा परी केही व्यक्ति घाइते समेत भएका छन । बारम्बार हुने गरेको आतङ्ककारी आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा नै समस्या आएको सुरक्षा परिषद्का सदस्यहरुले चेतावनी समेत दिएका छन् । रासस/सिन्ह्वा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);