पोर्चुगलमा २०० वर्ष पुरानो रुख ढल्दा कम्तिमा १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

एजेन्सी । पोर्चुगलको मडेइरामा दुई सय वर्ष पुरानो रुख ढलेर च्याप्दा कम्तिमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य ४९ जना भन्दा बढि घाईते भएका छन्।

 

आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमै रुख ढलेको हो। ज्यान गुमाउनेमा दुई बालबाकालिका पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। घाइते हुनेमा केही विदेशी नागरिक पनि रहेको उल्लेख गरिएको छ।

 

फुन्चलमा रहेको दुई सय वर्ष पुरानो ओक्सको रुख लडेको हो । घटनापछि मडेइरा आइल्याण्डको स्थानीय सरकारले तीन दिने शोकको घोषणा गरेको छ। यस्तै पोर्चुगलका राष्ट्रपति मार्सेलो रिकेलो डि साउसाले घटनाबाट आफू तथा सबै पोर्चुगिज नागरिक दुःखी भएको बताएका छन्।

ताजा समाचार