काठमाडौं, २१ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)को भोलि हुन लागेको निर्वाचन असन्तुष्ट पक्षले बहिस्कार गर्ने बताएको छ । अध्यक्षका प्रत्यासी मानिएका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र उपाध्यक्ष गणेश चन्द लगायतले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी भोलिको निर्वाचनमा बहिस्कार गर्ने घोषणा गरेका हुन् ।
कार्यसमितिले तोक्नुपर्ने निर्वाचनको मिति निर्वाचन समितिले तोकेकाले आफूहरुले निर्वाचन बहिस्कार गरेको वरिष्ठ उपाध्यक्ष कुँवरको भनाइ छ । विधिसम्मत ढंगले अर्को मिति तोकिए त्यसमा सहभागिता जनाउने उनले प्रतिक्रिया दिए ।