कहिले हुन्छ एमाले र माओवादीबीच पार्टी एकता ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कहिले हुन्छ एमाले र माओवादीबीच पार्टी एकता ?

oli parachanda

टिप्पणी –

सरोज थापा
काठमाडौं १५ वैशाख । वैैशाख ९ गते एमाले–माओवादीबीच पार्टी एकता हुने ठूलै चर्चा चलेपनी त्यसो हुन सकेन बरु ओली र दाहालबीच वार्ता सहमति पहिल्याउन भन्दा ब्यानरको विवादमा केन्द्रीत भए ।

एकताको मिति तोक्दै र सार्दै गरेका दुबै पार्टीका नेताहरु यसपाली भने अर्को मितिबारे आफैं अनभिज्ञ छन् । किनकी, अब पार्टी एकताको अन्तिम निर्णय दुई पार्टीका अध्यक्षको हातमा छ ।

पार्टी एकताको मिति तोक्दै सार्दै गरिरहेका एमाले र माओवादीले यसपटक भने अर्को मिति तोक्न सकेका छैनन् । किनकी, अब एकताको कढी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातमा छ।

वैैशाख ९ को मिति टरेको ६ दिन सम्म पनि कुनै प्रगति हुन सकेको छैन । दुई पार्टीबीच हुने भनिएको एकतालाई राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयभन्दा बढी स्वार्थले रोकेको देखिन्छ ।

त्यसैले दुई पार्टीका नेताहरु एकताभन्दा आपसमा आरोप–प्रत्यारोपमा लागेका छन् । एमाले नेताहरु भागबन्डा र नेता व्यवस्थापनमा कुरा मिल्न बाँकी रहेको बताउँछन् । यद्यपि, पार्टी एकता कसैले रोक्न नसक्ने उनीहरुको दाबी छ ।

कुरा भागबन्डामै नमिलेको हो भन्ने कुरा दुई पार्टीका नेताले दिइरहेको पछिल्ला अभिव्यक्तिले पुष्टि गरिसकेको छ । माओवादीले केन्द्रीय कमिटीमा समान अनुपात खोज्नु र एमालेले जनमतका आधारमै केन्द्रीय कमिटीको संरचना बनाउने भन्ने अडान कायम राख्नु नै अहिले एकताको गाँठोका रुपमा देखिन्छ ।

तर, दुई पार्टीबीच खटपट भएको भन्ने कुरा भने गलत भएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलको भनाइ छ ।

एउटै छातामुनि बसेर राजनीति गर्न कम्मर कसेका दुई पार्टीका नेताहरुको मन झिना मसिना कुराले बहकिएको देखिन्छ । यसले ठूलो कम्युनिष्ट पार्टी हेर्ने अपेक्षामा रहेका आमकार्यकर्तामा भने निराशा छाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);