नेपालको जस्तो प्राकृतिक सुन्दरता विश्व मै छैन : पूर्व राजदुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालको जस्तो प्राकृतिक सुन्दरता विश्व मै छैन : पूर्व राजदुत

काठमाडौं, १५ वैशाख । डोल्पा र से फोक्सुण्डोको पदयात्रा गरेका नेपालका लागि भारतीय पूर्व राजदुतहरु रञ्जित रे, श्याम शरण र देव मुखर्जीले नेपालको जस्तो प्राकृतिक सुन्दरता विश्व मै कही नभएको भन्दै प्रशंसा गरेका छन् ।

पदयात्रा सकेर आएपछि शनिबार काठमाडौंमा पत्रकारहरुसंग कुरा गर्दै उनीहरुले त्यस क्षेत्रको प्राकृतिक सौन्र्दयता अतुलनिय रहेको बताए । पूर्र्व राजदुत श्याम शरणले भुकम्पले आक्रान्त बनेको नेपाल राम्रोसंग तङग्रिएको अवस्थामा पाउँदा आफुलाई खुसी लागेको बताए । उनले विश्वमै नभएको प्राकृतिक सौन्र्दयता नेपालमा पाएको प्रतिक्रिया दिए ।

त्यसैगरी पुर्व राजदुत रञ्जित रे ले पदयात्रा कठिन भएपनि त्यहाँको प्राकृतिक सौन्र्दयले आफुलाई मोहित बनाएको बताए । उनले विदेशी पर्यटक खोज्नुभन्दा आन्तरिक पर्यटकलाई बढवा दिने गरि योजना बनाउन सुझाव दिए ।

अर्का पूर्व राजदुत देव मुखर्जीले शे फोक्सुण्डोले आफुलाई साह्रै मोहित पारेको बताए । फोक्सुण्डो जस्तो सुन्दरता विश्वमै कही नदेखेको भन्दै उनले त्यहाँ पुग्ने बाटो राम्रोसंग बनाउन सकेमा आकर्षक गन्तव्य बन्ने बताए । तीनै जना पुर्व राजदुत डोल्पाको जुफाल विमानस्थलबाट से फोक्सुण्डोको पदयात्रामा सहभागी भएक थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);