पर्यावरण जोगाउन पूर्वराष्ट्रपति यादवको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पर्यावरण जोगाउन पूर्वराष्ट्रपति यादवको आग्रह

rambaran-yadav

काठमाडौं, १९ जेठ । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा तराई र भित्री मधेसमा पर्यावरणमा हानी पु¥याउने काम भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

फाष्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा ठूलो संख्याका रुख कटान गरिएको भन्दै उनले प्राकृतिक सुन्दरता जोगाएर विकास निर्माणको काम गर्नुपर्ने बताए ।

आज काठमाडौँमा आयोजित साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५ औँ स्मृतिसभामा पूर्व राष्ट्रपति यादवले प्राकृतिक सुन्दरताको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);