कोइराला राष्ट्रिय पुरस्कार २०७५ कवि रमेश खकुरेललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कोइराला राष्ट्रिय पुरस्कार २०७५ कवि रमेश खकुरेललाई

काठमाडाैं, १९ जेठ । साहित्यकार एवम संस्कृतिविद् कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार २०७५ कवि रमेश खकुरेललाई प्रदान गरिएको छ ।  कोइरालाको २५ औँ स्मृतिसभा तथा रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रमकाबीच सम्मानपत्र सहित २५ हजार राशीको पुरस्कार कवि रमेश खकुरेललाई प्रदान गरिएको हो ।

खकुरेललाई पुरस्कार प्रदान गर्दै पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले देशको भौगोलिक सम्भाव्यता अनुसार विकासका काम गर्नुपर्ने बताए ।

वरिष्ठ संस्कृतिविद तथा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले कुलचन्द्र कोइरालाले नेपाली संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु-याएको स्मरण गरे ।

कार्यक्रममा कुलचन्द्र कोइराला स्मृति ग्रन्थ ‘स्मृति र दृष्टिको‘ लोकार्पणसमेत गरिएको थियो । त्यस्तै शिक्षा क्षेत्रमा योगदान पु-याएबापत प्राध्यापक डाक्टर सुरेशराज शर्मा र साहित्य तथा समाजसेवामामा योगदान पु-याएबापत पार्थवमणि भट्टराईलाई कोइराला समाज सेवा सम्मान २०७५ प्रदान गरियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);