कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कारबाट डाक्टर त्रिरत्न मानन्धर सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कारबाट डाक्टर त्रिरत्न मानन्धर सम्मानित

kulchandra koirala

काठमाडौं, १४ जेठ । यस बर्षको कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कारबाट लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति एवं डाक्टर त्रिरत्न मानन्धर सम्मानित हुनुभएको छ । कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले आफ्नो रजत महोत्सव तथा कुलचन्द्र कोइरालाको २६ औं स्मृतिसभाको अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति मानन्धरलाई कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा सत्यधर कोइराला लोक साहित्य सम्मानबाट प्राध्यापक डाक्टर चुडामणि बन्धु कुलचन्द्र कोइराला स्रष्टा सम्मानबाट वरिष्ठ पत्रकार राजेश्वर नेपाली र साहित्यकार गोपाल पराजुलीलाई सम्मानित गरिएको छ ।

कुलचन्द्र कोइराला समाजसेवा सम्मानबाट समाजसेवी दुर्गा घिमिरे र हरि मञ्जुश्री सम्मानित हुनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि शताब्दी वाङमयपुरुष सत्य मोहन जोशीले संस्कृतिविद् कुलचन्द्र कोइराला समालोचना विशेष ‘दीपक’को विमोचन गर्नुभएको थियो ।

प्रतिष्ठानले हरेक बर्ष कुलचन्द्र कोइरालाको स्मृतिसभाको दिन संस्कृति र साहित्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);