दिक्तेल नगरपालिका प्रदेश–१ कै पहिलो प्राथमिकतामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दिक्तेल नगरपालिका प्रदेश–१ कै पहिलो प्राथमिकतामा

विक्रम श्रेष्ठ

खोटाङ, १५ वैशाख । केन्द्र सरकारले आवश्यक कानुनको व्यवस्था नगरिदिँदा काम गर्न अन्योल परेको भन्ने स्थानीय तहको गुनासोकाबीच एउटा स्थानीय तहले आवधिक योजना नै तयार पारेको छ । पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रको समृद्धिको आधारसहित योजना तयार गरेको हो ।

देशकै नमुना र गन्तव्य नगर बनाउने लक्ष्यका साथ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुलुकका स्थानीय तहमध्ये सबैभन्दा पहिला पाँचवर्षे आवधिक नगर विकास योजना निर्माण गरेको हो ।

गत माघ ३ गतेदेखि ‘नगरबासीको रहरः समाजवादउन्मुख सभ्य र सम्मृद्ध नगर’ भन्ने नारासहित निर्माण थालिएको आवधिक योजना तयार पारी नगरपालिकाले सार्वजनिक गरेको छ ।

आवधिक योजना सार्वजनिक गर्दै प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले स्थानिय जनप्रतिनिधिको उत्साहलाई हौसला दिने भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई बजेटमा पहिलो प्राथमिकतामा राख्ने घोषणा गरे ।

देशभरका ७ सय ५३ स्थानिय तहमध्ये यस नगरपालिकाले पहिलो पटक आवधिक योजना तयार पारेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले नगर समृद्धीको दिशामा लम्किएको बताए ।

आवधिक योजनामा सडक स्तरोन्नती, पर्यटन प्रवद्र्धन, खेलकुद, आयआर्जन, विद्यतु, उर्जा, खानेपानी र सञ्चारको विकास विशेष प्राथमिकतामा राखिएको छ ।

स्थानीय विकास मन्त्रालयले देशमा ९० वटा आधुनिक सहर विकास गर्ने योजना अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट कार्यान्वयन सुरु गरेको जनाएको छ । नेपाल सरकारका अवकाश प्राप्त सचिवहरुको अध्ययनबाट तयार पारिएको उक्त योजना प्रभावकारी कार्यान्वयन भए नगर समृद्ध बन्ने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);