प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तिका मंगलबार सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तिका मंगलबार सार्वजनिक

pradesh-2

काठमाडौँ, २० माघ । प्रदेश नम्बर २ नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तिका मंगलबार सार्वजनिक गरेको छ । प्रदेशको प्रदेश नीति तथा योजना आयोगले पहिलो आवधिक योजना र प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टू सार्वजनिक गरेको हो ।

प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष एवं मुख्यमन्त्री लालबाबु राउतले योजनामा प्रादेशिक विकास निर्माणका बहुआयामिक विषयवस्तुहरु जस्तै क्षेत्रगत सोच, लक्ष्य, उद्देश्य, नीति, कार्यक्रम, अपेक्षित उपलब्धीहरु तथा नतिजाका खाकाहरु समेटिएको जानकारी दिनुभएको छ ।

योजना सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेशले प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, विश्वविद्यालय, कृषि विश्वविद्यालय लगायत सञ्चालनमा ल्याएर जनतालाई राम्रो सेवा दिने उद्देश्य राखेको बताईएको छ । योजनालाई विभिन्न विषयवस्तुहरु समेटी ८ परिच्छेदमा तयार पारिएको छ ।

Leave a Reply

ताजा समाचार