निकिता भन्छिन् ‘फिल्ममा १० लाख लिने बेला भएको छैन ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

निकिता भन्छिन् ‘फिल्ममा १० लाख लिने बेला भएको छैन ’

nikita chandak

काठमाडौं, ६ बैशाख । गत बर्ष २०१७ की मिस नेपाल निकिता चन्दक यतिबेला नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्ने तरखरमा छिन् । उनले हालै ‘रानी महल’ नामक चलचित्र साइन गरिसकेकी छिन् । निकिताले चलचित्रमा साइन गरेको खबरसँगै उनले चलचित्रको लागी १० लाख पारिश्रमिक लिएको खबर बाहिरिएको थियो।

केही सञ्चारमाध्यमहरुमा प्रकाशित उक्त समाचारलाई लिएर निकिता आफै बेखबर रहेको बताउछिन् । ‘मलाई आफैलाई थाहा छैन । चलचित्रमा कति पारिश्रमिक लिए त्यो भन्न उचित नहोला तर मैले १० लाख लिएको छैन ।’ सिनेपाटीसँग कुरा गर्दै निकिता बताउछिन् ।

बाहिरिएको समाचारलाई लिएर परिवारले निकै जिस्काएको उनी बताउछिन् । ‘समाचार पढेर वुवाले फोन गर्नु भएको थियो । १०लाख लिने भएछौँ भन्दै निकै जिस्काउन’ भयो ।’ उनी भन्छिन् . अभिनय गर्नु’, कलाकार बन्न’ आफ्नो सपना रहेको निकिता बताउछिन् । ‘जब भारतमा पढ्न गए तब अभिनयको बारेमा बुझ्ने मौका पाए । बिगत ६–७ बर्ष देखि मेरो फोकस कलाकार बन्नुमा रहेको छ ।चलचित्र रानीमहल साइन गरेसँगै एउटा सपना पुरा भएको छ ।’ खुसी हुदैँ निकिता सुनाउछिन् ।

एक बर्ष अगाडीबाट प्रि–प्रोडसनको काम सुरु गरेको रानीमहलमा यस अघि नायिका बर्षा सिवाकोटी थिइन् । तर छायाँकनको ढिलाईको कारण उनले चलचित्र छोडेको थिइन् । रानीमहलमा निकितासँगै नव नायक प्रितमराज सेञ्च’रीले डेव्य’ गर्दैछन् । चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । निकिताको अनुसार चलचित्रको छायाँकन दुई साता पछि सुरु हुनेछ । सिनेपाटीबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);