'बुवा नेता भएर मिस नेपाल जितेको होइन' – श्रृखंला खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘बुवा नेता भएर मिस नेपाल जितेको होइन’ – श्रृखंला खतिवडा

shrinkhala

काठमाडौं, ८ बैशाख । हेटौडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडाले यस वर्षको मिस नेपालको उपाधि जितेकी छन्।उनी मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सांसद विरोध खतिवडाकी छोरी हुन्। त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्। गत बुधवार उनीे राजधानीको अन्नपूर्ण होटेलमा मिस नेपाल घोषित भएसँगै उनी बारे विभिन्न समाचारहरू प्रकाशित भए ।

धेरैले उनलाई नेताको छोरी भएकै कारण मिस नेपाल जितेको समेत आरोप लगाए । तर श्रृखंला यस कुरालाई अस्वीकार गर्छिन् । उनी भन्छिन् ‘पुल्चोक कलेजमा पढ्नको लागी होस या आज मिस नेपाल उपाधि जित्दा सम्म कतै मेरो बुवा आमाको भनसुन लगाएको छैन । आज म जे छु मेरो मेहनत , क्षमता र आत्माविश्वासको कारणले छु ।’

उनी थप्छिन् ‘७ हप्तासम्म जब मिस नेपालको तालिम भयो तब कसैले पनि म नेताको छोरी हो भनेर खोज्नु भएन तर जब मिस नेपालको उपाधि जिते उक्त समय सबैले खोजिनिति गर्नु भयो । हामीहरू सकारात्मक भन्दा बढी नकारात्मक कुरालाई बढी प्रोत्साहन गर्दछौ । सोही कारण यो सबै भएको हो । ’  सिनेपाटीबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);