धनगढीको पहिचान र चिनारी नै क्रिकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

धनगढीको पहिचान र चिनारी नै क्रिकेट

dpl2

सन्तोष रोकाया

कैलाली, २४ चैत । प्रदेश नम्बर ७ को राजधानी धनगढीको पहिचान र चिनारी नै क्रिकेट खेल बन्न थालेको छ । पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जोडिन पुगेका छन् । गत वर्षबाट सुरु गरिएको धनगढी प्रिमियर लिग (डिपीएल)ले पनि सर्वसाधरणलाई क्रिकेटप्रति तानेको छ।

धेरै समय भएको छैन, जुन बेला नेपालमा क्रिकेट खेल्नेलाई ‘मुर्ख’ र हेर्नेलाई ‘महामुर्ख’ भनेर गिज्याइन्थ्यो । आज त्यही खेल शहरदेखि गाउँसम्म लोकप्रिय बन्दै गएको छ । क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा खेलका प्रतियोगिता आयोजना हुने क्रम पनि बढ्दै गएका छन् ।

अहिले कैलालीको धनगढीमा सर्वाधिक धनराशि पुरस्कार भएको धनगढी प्रिमियर लिग (डिपीएल) प्रतियोगिता भइरहेको छ । यसअघि अत्तरीयामा महिला क्रिकेट प्रतियोगिता तथा क्लब र विद्यालयस्तरीय थुप्रै प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

यसरी कुनै न कुनै क्रिकेट प्रतियोगिता भइरहनुले पनि प्रदेश नम्बर ७ लाई ‘क्रिकेट हब’का रुपमा विकास गर्दै लगेको सरोकारवाला बताउँछन् । क्रिकेटलाई अझ विस्तार गर्न सके यो नेपालकै चिनारी बन्न सक्ने उनीहरुको भनाइ छ ।

कतिपय विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट प्रतियोगितालाई छनोट गर्दै यसका लागि प्रशिक्षक राखेकाले आगामी दिनमा क्रिकेटको व्यावसायिक थलो समेत धनगढी बन्ने सम्भावना बढेको छ ।

क्रिकेटको विकास र बिस्तारका लागि धनगढी र खास गरी प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा एक दर्जन बढी क्रिकेट एकेडेमी समेत सञ्चालनमा आइसकेका छन् । यसैगरी नेपालभरि नै क्रिकेटलाई महत्वमा राख्न सके खेल व्यावसायिक रुपमा अघि बढ्न सक्ने सम्भावना रहेको खेलप्रेमीहरु बताउँछन्

क्रिकेटप्रति बढेको आकर्षणसँगै टोलैपिच्छेका बालबालिका र विद्यालयका छात्रछात्रा फुर्सदको समयमा आफ्नो घर वरिपरिको खाली चौर, बाटो र खेतमा क्रिकेट खेल्न थालेका छन् । धनगढी नगरपरिषद्को बैठकले पनि दुई वर्षअघि धनगढीलाई क्रिकेटको शहरका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

त्यसो त, क्रिकेटको उर्वरभूमि मानिने प्रदेश नम्बर ७ ले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिंह भण्डारी, दिलीपनाथलगायत क्रिकेट खेलाडी यही प्रदेशमा जन्मिएका हुन् ।

क्रिकेटका गतिविधि बढ्दै गए पनि यस क्षेत्रमा क्रिकेट खेल्न स्तरीय खेल मैदानको अभाव शुरुदेखि नै खड्किएको छ । खेलप्रेमीबाट क्रिकेट खेलले जसरी माया र महत्व पाएको छ, त्यसैगरी राज्यबाट पनि प्राथमिकता पाए यसले नेपाली खेल जगतलाई व्यवसायिक ढंगले अघि बढ्न मद्दत पुग्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);