कञ्चनपुर, ११ चैत । नेपाली सेनाको सैन्य पदको लिखित परिक्षामा १९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार लोक सेवा आयोगले लिएको लिखित परिक्षामा सहभागी ४ सय ८० जनामध्य १९ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
परिक्षा दिने र दिन लगाउने दुबैलाई लोक सेवा आयोगले कारबाही गर्ने भएको छ ।