सरकार सधैँ निरंकुश हुन्छ‚ त्यसैले जनताको राय लिई कानुन बनाउनुपर्छ ः नेता कोइराला | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

सरकार सधैँ निरंकुश हुन्छ‚ त्यसैले जनताको राय लिई कानुन बनाउनुपर्छ ः नेता कोइराला

२०८१,७,२९

नेपाली काँग्रेसका नेता एवं सांसद डा. शेखर कोइरालाले अहिले मन्त्रिपरिषद्‌मा पुगेको सामाजिक सञ्जाल ९प्रयोग तथा नियमन० सम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्न जोड दिएका छन्।उनले सरकार सधैँ निरंकुश हुने र उसले जहिले पनि नागरिकलाई सजाय दिने हिसाबले कानुन बनाउने उल्लेख गरे। त्यसैले सरकारले बनाउने कानुन निरंकुश हुने बताउँदै सरोकारवालाको राय लिनुपर्ने बताएका छन्।

मीडिया लयर्स एसोसिएसनको आयोजनामा आज काठमाडौँमा भएको सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल ९प्रयोग तथा नियमन०सम्बन्धी विधेयकका सम्बन्धमा आयोजित संवादमा कोइरालाले भने‚ ‘यो विधेयक त पुनर्लेखन नै गर्नुपर्छ जस्तो मलाई लाग्छ। किनभने सरोकारवालासँग सरसल्लाह नगरी अघि बढाइएको छ।’

उनले कुनै पनि कानुन बनाउँदा सरोकार राख्ने व्यक्तिहरूको प्रत्यक्ष सहभागिता आवश्यक रहेको स्पष्ट पारे।अहिले पनि संविधानसँग बाझिएका कानुन थुप्रै रहेको स्मरण गराउँदै उनले अझ विनियम बनाउँदा कानुनलाई नै मिचेको पनि दावी गरे। उनले संविधानलाई पूर्णपालना गर्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिँदै उनले त्यसमा चुक्ने गरेको बताए।

नेता कोइरालाले भने‚ ‘सरकार निरंकुश हुन्छ भन्ने कुरा बुझौँ । सरकारले त जहिले पनि नागरिकलाई सजाय दिने हिसावले कानुन बनाएको देखिरहेको छु। संविधानसँग बाझिएका कानून पनि थुप्रै छन्। अझ विनियम बनाउँदा त कानुनलाई पनि उछिनेको हुन्छ। संविधानलाई अक्षरसः पालना गरीकन कानुन बनाउनुपर्ने हो। त्यसमा पनि हामी कतैकतै चुकेका छौँ।’

Leave a Reply

ताजा समाचार