जनकपुरमा रामनवमी पर्व धुमधामकासाथ मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जनकपुरमा रामनवमी पर्व धुमधामकासाथ मनाइयो

ram nawami in janakpur

बटुकनाथ झा

जनकपुर, ११ चैत । धनुषाको जनकपुरमा रामनवमी पर्व धुमधामकासाथ मनाइएको छ । त्रेता युगमा असत्य माथि सत्यको विजय प्राप्त र भगवान रामको जन्म भएको सम्झनामा प्रत्येक वर्ष रामनवमी पर्व मनाउने गरिएको छ । पर्वको अवसरमा जनकपुरको राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिरमा भक्तजनको घुइचो लागेको छ ।

त्रेता युगमा अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म र असत्य माथि सत्यको विजय प्राप्त भएको सम्झनामा रामनवमी पर्व मनाइने गरिएको छ । पर्वको अवसरमा जनकपुरको राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिरमा पुजा-अाजा गर्ने भक्तजनको घुइचो लागेको थियो । भक्तजनहरुले गंगासागरमा स्नान गरेर मन्दिरमा पूजापाठ गरेका छन् ।

नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट श्रद्धालुहरु जनकपुर आएका थिए । भगवान रामले मिथिलाका राजा जनकका पुत्री सीतासँग विवाह गरि राक्षसहरुको नाश गरेर आफ्नो पिताको कठोर आज्ञाको पालन गरि मानव जातिलाई सत्यको मार्गमा हिड्न प्रेरणा दिएकोले रामको सम्झनमा रामनवमी पर्व मनाईदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख छ । प्रत्येक वर्ष रामनवमीको अवसरमा जनकपुरमा मेला लाग्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);