अमेरिकाले आफ्नो मुलुकमा चीनको लगानी घटाउने | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

अमेरिकाले आफ्नो मुलुकमा चीनको लगानी घटाउने

राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानी सीमित गर्ने तथा चिनियाँ सामानमाथि ६० बिलियन अमेरिकी डलरको शुल्क लगाउने निर्णय गरेको हो ।

donald trump

काठमाडौं, ९ चैत । अमेरिकाले आफ्नो मुलुकमा चीनको लगानी घटाउने निर्णय गरेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानी सीमित गर्ने तथा चिनियाँ सामानमाथि ६० बिलियन अमेरिकी डलरको शुल्क लगाउने निर्णय गरेको हो । ट्रम्पले चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको आरोप लगाउँदै यो निर्णय लिएका हुन । चिनियाँ अर्थव्यवस्थाबाट भइरहेको अन्यायपूर्ण चुनौतिको सामना गर्न यस्तो कदम चाल्नुपरेको ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्पले यसअघि स्टिल र अल्मुनियमको आयातमा करको दर बढाउनु भएको थियो । अमेरिकाको यस कदमले विश्वमा व्यापार युद्ध निम्त्याउन सक्ने आशंका गरिएको छ । चीनले अमेरिकी कदमको उचित जवाफ दिने बताएको छ ।