भारतद्वारा सुपरसोनिक क्रुज मिसाइल 'ब्रहमोस'को सफल परिक्षण | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

भारतद्वारा सुपरसोनिक क्रुज मिसाइल ‘ब्रहमोस’को सफल परिक्षण

brahmos

एजेन्सी , ८ चैत । भारतले शक्तिशाली सुपरसोनिक क्रुज मिसाइल ब्रहमोसको सफलतापूर्वक परिक्षण गरेको छ । राजस्थानको पोखरण टेष्ट रेञ्जमा आज बिहान स्थानीय समय अनुसार ८ बजेर ४२ मिनेटमा सफलतापूर्वक उडान परिक्षण गरेको बताइएको छ । यो मिसाइलको रेञ्ज २ सय ९० किलोमिटर नजिक रहेको छ ।

भारतमा निर्मित सुपरसोनिक क्रुज मिसाइल ब्रहमोसको राजस्थानको पोखरण टेष्ट रेञ्जबाट सफलतापूर्वक उडान परिक्षण गरिएपछि यसमा संलग्न बैज्ञानिकहरुले खुशी साटासाट गरेका छन । त्यस अवसरमा सेना र सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो । मिसाइलले लक्ष्यमा निशाना लगाएको बताइएको छ । रक्षामन्त्री निर्मला सितारमणले मिसाइल परिक्षणको ट्वीट गरेर जानकारी दिइन ।

ब्रहमोेसको रफ्तार २ दशमलव ८ मैक अर्थात ध्वनीको बराबर रहेको बैज्ञानिकहरु बताउँछन । यो मिसाइलको रेञ्ज २ सय ९० किलोमिटर रहेको छ भने यसले आबश्यक युद्धकसामग्री आफूसँग लान सक्नेछ । यो रुसको पी ८०० ओकिंन्स क्रुज मिसाइलको प्रबिधिमा आधारित रहेको छ । यो मिसाइल भारतको अहीलेसम्मकै सबैभन्दा आधुनिक क्षेप्यास्त्र रहेको दाबी गरिएको छ ।

भारतीय बायूसेनाको लडाकु युद्धपोतको निम्ति यसले मेरुदण्डको रुपमा काम गर्नेछ । यो मिसाइलले पहाडको पछाडी लुकेर बसेको शत्रुलाईसमेत निशानमा बनाउन सक्ने दाबी गरिएको छ । यसले आम मिसाइलको बिपरित हावालाई तानेर रेमजेट प्रबिधिबाट उर्जा प्राप्त गर्दछ । लक्ष्यसम्म पुग्न मिसाइलले टार्गेट मार्ग परिवर्तन गर्न सक्ने पनि जनाइएको छ साथै राडारको पकडमा नआउने र कम उचाइमा पनि उडान भर्न सक्ने समाचारमा जनाइएको छ ।

यो मिसाइलको माध्यमबाट भारत, दक्षिणी चिनसागर र हिंन्द महासागरमा संन्तुलन कायम राख्न प्रयास गर्ने भारतीय रक्षा बिशेषज्ञहरुको भनाइ छ ।
भारतले आगामी १० बर्षमा दुई हजार ब्रहमोस मिसाइल बनाउने लक्ष्य राखेको छ । अन्य कतिपय देशले यो मिसाइल भारतसँग खरीद गर्न चाहेको सम्बद्ध ब्यक्तिहरुको भनाइ छ ।

ब्रहमोसका अतिरिक्त भारतसँग अन्य शक्तिशाली मिसाइलहरु पनि रहेका छन । जसको परिक्षण यसअघि नै गरिसकेको छ । ती मध्ये कतिपय मिशाइलले परमाणु हतियार राख्ने क्षमता राख्दछ । भारतको यो मिसाइल परिक्षणलाई सबैतिर चासोका साथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);