काठमाडौं, ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन नम्वर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त भएको बताएका छन् ।
बुधबार प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले राजधानीको विवाद छाडेर विकासको बहसमा लाग्नुपर्ने बताए । प्रदेश सरकारका सबै काम हेटौंडाबाटै सुचारु भएकाले अब राजधानी सार्ने काममा लाग्न नहुने बताएका हुन् ।
अध्यक्ष दाहालले देउवा सरकारले राजनीतिक सहमतिका आधारमा हेटौंडालाई अस्थायी राजधानी तोकेकाले अब राजधानी सार्ने बहस चलाउनुको औचित्य नभएको बताए ।