कांग्रेसमा देउवाको विकल्प खोज्ने अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कांग्रेसमा देउवाको विकल्प खोज्ने अभियान सुरु

पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएको दुई साता नवित्दै नेपाली कांग्रेसमा देउवाको विकल्प खोज्ने अभियान सुरु भएको छ ।

serbahadur

काठमाडौं, २ चैत । पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएको दुई साता नवित्दै नेपाली कांग्रेसमा देउवाको विकल्प खोज्ने अभियान सुरु भएको छ ।

अलग्गै गुटको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला समूहले देउवाको विकल्प खोज्ने अभियान सुरु गरेको हो । सिटौला समूहले शुक्रबार काठमाडौंमा आफू पक्षधर नेता तथा कार्यकर्ताको भेला गरेको छ । भेलामा नेता सिटौलाले देउवाको नेतृत्वमा पार्टीको सुदृढिकरण सम्भव नरहेको बताए । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भएको पराजयको दोष देउवाले लिनुपर्ने भन्दै पार्टीलाई कमजोर अवस्थामा पुर्याउने देउवालाई नेता मानेर जान नसकिने बताए ।

उनले पार्टीमा अब नेतृत्व परिवर्तन गर्न अनिवार्य रहेको बताए । भेलामा सिटौला समूहमा रहेका गगन थापा, प्रदिप पौडेल, भिमसेनदास प्रधान लगायत नेता उपस्थित थिए । भेलाका सहभागीले सभापति देउवा संसदीय दलको नेतामा विजयी भएको आधारमा पार्टी कमजोर भएको हेर्न नसकिने भन्दै नेतृत्व परिवर्तनको अभियानलाई जिल्ला तहमा विस्तार गर्नुपर्नेमा जोड दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);