सरकार सर्वसत्तावादी सोचमा अघि बढेको सिटौलाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, २ चैत । प्रमुख प्रतिपक्ष नेपाली काँगेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार सर्वसत्तावादी सोचका साथ अघि बढेको आरोप लगाएका छन् । नेता सिटौलाले राज्य संयन्त्रहरुले सन्तुलन गुमाउने अवस्था आएको भन्दै त्यसलाई रोक्न पार्टी भित्र बृहत्तर एकता हुनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

शुक्रबार काठमाडौंमा आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले सरकारलाई जथाभावी निर्णय गर्नबाट रोक्न कांग्रेस सशक्त भएर अभिनुपर्ने बताए । कार्यक्रममा युवा नेता गगन थापाले काँग्रेसले हिनताबोध लिनुपर्ने अवस्था नरहेको दावी गरे ।

उनले गणतन्त्र नेपालको नेतृत्व काँग्रेसले लिएको दावी गर्दै मुलुकको सबै क्षेत्रलाई जोडेर लैजाने कामको नेतृत्व अहिले पनि काँग्रेसले मात्रै गर्न सक्ने बताए । भेलामा सिटौला पक्षीय नेता तथा कार्यकर्ताहरुले उल्लेख्य सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);