प्रतिनिधि सभाको पहिलो बैठक : अन्तरिम कार्यविधि पास | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

प्रतिनिधि सभाको पहिलो बैठक : अन्तरिम कार्यविधि पास

काठमाडौं, २१ फागुन । प्रतिनिधि सभाको पहिलो बैठक सोमबार नयाँवानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको छ । पहिलो बैठकले प्रतिनिधिसभा बैठक संञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ ।

साथै सोही अन्तरिम कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितमा सभाको अध्यक्षता गर्नका लागि खगराज अधिकारी, मान बहादुर विश्वकर्मा, पुर्ण कुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगडियाको नामलाई अनुमोदन गरेको छ ।

त्यसअघि बैठकको सुरुमा नै सभामुख महन्थ ठाकुरले संघीय संसदको पहिलो अधिवेशनको पहिलो बैठकको कारवाही प्रारम्भ भएको जानकारी गराउँदै अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए । संविधानको धारा ९३ को उपधारा १ मा पहिलो बैठकको आव्हान राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा ७६को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य केपी ओलीलाई फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि सभामुखले बैठकमा पढेर सुनाएका थिए । अर्को बैठक भोली (मंगलबार) बिहान ११ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);