प्रदुषण जाँचपास बिनाका सवारीलाई काठमाडौं प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

प्रदुषण जाँचपास बिनाका सवारीलाई काठमाडौं प्रवेशमा रोक

भक्तपुर, १५ फागुन । सरकारले आगामी बैशाखदेखि प्रदुषण जाँचपास नभएका सवारी साधनलाई काठमाडौं महानगरपालिकाभित्र प्रवेश गर्न नदिने भएको छ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकर नलिएका कुनै पनि सवारी साधनलाई बैशाखबाट महानगर र उपमहानगरपालिकाका प्रवेश गर्न नदिने घोषणा गरेका छन् ।

मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले हरियो स्टिकर टाँसेका सवारी साधन पुनः प्रदुषण जाँचपास नभए सो स्टिकर वितरण गर्ने कर्मचारीलाई नै कार्वाही गर्ने चेतावनी समेत दिए । ४७ प्रतिशतभन्दा बढी हरियो स्टिकर लिएका सवारी साधानको पुनः प्रदुषण जाँच गर्दा फेल हुने गरेको पाएको भन्दै उनले त्यस्तो काममा संलग्न कर्मचारीलाई नछाड्ने बताए।

उनले सहरलाई प्रदुषणमुक्त बनाउन प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग बन्द गर्ने घोषणा पनि गरे ।  मन्त्री पण्डितले वातावरण ऐनविपरित संचालन गरिएको भन्दै आइतबारमात्रै विभिन्न पाँच तारे होटलदेखि चर्चित अस्पताल र सिमेन्ट उद्योगलाई कार्बाही गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);