एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै

नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमति अनुसार आज एकता संयोजन समितिको बैठक बस्न लागेको हो ।

umle maobadi

काठमाडौं, ६ फागुन । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमति अनुसार आज एकता संयोजन समितिको बैठक बस्न लागेको हो ।

एमाले अंगाल्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगाल्दै आएको माओवादी मध्ये कुन राजनीतिक कार्यदिशालाई एकीकृत पार्टीको कार्यदिशा बनाउने भन्ने विषयमा दुई पार्टीबीच विवाद छ । माओवादीले दुवै पार्टाीको कार्यदिशालाई सगसँगै अगाडि बढाइ महाधिवेशनबाट टुंगोमा पुर्याउनुपर्ने बताएपनि एमालेले माओवाद स्वीकार गर्न अस्वीकार गर्दै आएको छ ।

आजको बैठकमा कार्यदिशाको बारेमा सहमति जुटाउन प्रयास गर्ने दुई पार्टीका नेताले बताएका छन् । राजनीतिक कार्यदिशाको बारेमा कुरा नमिल्दा माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);