काठमाडौं, ५ फागुन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा पार्टी एकता, सरकार विस्तार लगायतका विषयमा छलफल भएको छ ।
प्याकेजमै सहमति गरेर पार्टी एकता र सरकार विस्तार गर्न दुवै नेता सहमत भएको प्रधानमन्त्री ओलीको सचिवालयले बताएको छ । सम्भव भएसम्म आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने र बैठकले प्याकेजमै सहमतिको खाका तयार पार्ने बताइएको छ ।




