युवालाई वैदेशिक पलायनबाट रोक्ने सरकारकाे लक्ष्य : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

युवालाई वैदेशिक पलायनबाट रोक्ने सरकारकाे लक्ष्य : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई वैदेशिक पलायनबाट रोक्ने र फर्किएका युवाको पुँजी तथा सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले युवा पलायन राेक्ने नीति लिएकाे बताउनुभएको हो ।

उप्रधानमन्त्री ओलीले सरकारले २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको उल्लेख गर्नुभयो । उहाँले उद्योग, पर्यटन लगायतका विकासका प्रमुख क्षेत्रहरूमा निजी तथा सरकारी लगानी बढिरहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा उल्लेखनीय रोजगारीको सम्भावना रहेको  बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा पुनः संरचना गर्ने र यसलाई अझ सिपमूलक र परिणाममुखी बनाउने योजना रहेको पनि बताउनुभयो ।

अगामी दशकलाई रोजगारी र उत्पादनशीलता वृद्धि गर्ने युगको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ ।

 

Leave a Reply