स्थानीय सरकारलाई प्रभावकारी बनाउनु आवश्यक : सांसद पाण्डे | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

स्थानीय सरकारलाई प्रभावकारी बनाउनु आवश्यक : सांसद पाण्डे

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले स्थानीय सरकारलाई ब्युँझाउन जरुरी रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसलाई प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभएकाे हाे ।

सांसद पाण्डेले संघ सरकार भनेको टेलिभिजनबाट जनताले देख्ने सरकार भएको र प्रदेश सरकार नजिक एउटा सरकार छ रे भनेर सुन्ने सरकार भएको भन्दै स्थानीय सरकार नै जनताको नजिकको सरकार भएको बताउनुभयो ।

सांसद पाण्डेले स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरुले जनताको हितमा राम्रोसँग काम गरेको वा नगरेको भन्नेबारेमा केन्द्रीय नेताहरुले निरीक्षण गरिरहनुपर्ने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार