पूर्वराष्ट्रपतिले वडा अध्यक्ष बन्न तम्सिनु हुँदैन : रामहरि खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

पूर्वराष्ट्रपतिले वडा अध्यक्ष बन्न तम्सिनु हुँदैन : रामहरि खतिवडा

काठमाडाैं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राख्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्तिले त्यो पदको गरिमा छोडेर वडा अध्यक्ष बन्न तम्सिन नहुने बताउनुभएको हो ।

सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरा नसुहाउने भन्दै सरकारको ध्यान पुग्न जरुरी रहेको बताउनुभयो ।

उहाँले खानेपानीमन्त्री प्रदीप यादव विगत एक महिनादेखि हराएको भन्दै कटाक्ष पनि गर्नुभयो । सांसद खतिवडाले मधेसमा खानेपानीको हाहाकार हुँदा समेत मन्त्रीले जिम्मेवारी वहन गर्न नसकेको बताउनुभयो ।

मन्त्री यादवलाई मधेशको खानेपानीको अवस्थाबारे संसदलाई जानकारी गराउन रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।

 

Leave a Reply