सरकारद्धारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयक संसदमा पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकारद्धारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयक संसदमा पेश

साउन ६, काठमाण्डौँ । आगामी माघ ७ गते भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यतामा रहेको सरकारले ती निर्वाचनका लागि आवश्यक कानुन बनाउन संसदमा विधेयक पेश गरेको छ ।

सरकारका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले विहिबारको संसद् बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक र प्रदेशसभा सदस्य निर्वाचन विधेयक पेश गरेका छन् । संसद् बैठकले चार वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकले कर्मचारी समायोजन विधेयक, स्थानीय शासन विधेयक, अन्तरसरकारी वित्त व्यवस्थापन विधेयक र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);