मन्त्रीपरिषद् विस्तार ढिलाइमा माओवादी केन्द्र असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

मन्त्रीपरिषद् विस्तार ढिलाइमा माओवादी केन्द्र असन्तुष्ट

साउन ५, काठमाण्डौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरेको छ । माओवादी केन्द्रले २३ वटा मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहिन राखिएको भन्दै असन्तुष्टि जनाएको हो ।

माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली निकै सुस्त भएको टिप्पणी गर्दै त्यसको असर सरकारको काम कारवाहीमा परेको बताएको छ ।
माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ हुँदा राम्रो सन्देश नगएको बताएका छन् । उहाँले राप्रपा र राजपा नेपालसँग कुरा नटुंगिएका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको भन्ने प्रधानमन्त्री देउवाको जवाफ चित्तबुझ्दो नभएको बताएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राजपा नेपालका नेताबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार विस्तार, संविधान संशोधन लगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);