अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्कियो

१३ चैत काठमाडौं । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्।

उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो छ । अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन ।

बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा ‘धेरै व्यक्तिको मृत्यु भएको हुनसक्ने’ पुष्टि गरेका छन्।

बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी रहेको बताए ।

उनले भने, “म स्थिति बारे सचेत छु र दमकल र आपतकालीन कार्यको सम्पर्कमा छु।”

स्थानीय समय अनुसार राति १ः३० बजे यो घटना भएको हो । यो जहाज ३०० मिटर लामो थियो र यो श्रीलंका जाँदै थियो। त्यसमा सिंगापुरको झण्डा राखिएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);