पाकिस्तानले ८४औं गणतन्त्र दिवस मनायो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पाकिस्तानले ८४औं गणतन्त्र दिवस मनायो

एजेन्सी,१२ चैत्र । पाकिस्तानले शनिवार ८४ औं पाकिस्तान दिवस मनाएको छ । जसलाई पाकिस्तान संकल्प दिवस वा गणतन्त्र दिवस पनि भन्ने गर्दछ । यो दिवस प्रत्येक वर्ष मार्च २३ मा लाहोर संकल्पको सम्झना मा मनाइन्छ ।

सो अवसरमा राजधानी इस्लामावादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीमा २१ तोपको सलामी दिएर दिवसको शुरुवात भएको थियो ।

इस्लामावादको शकरपारियन परेड एभिन्युमा एक सैन्य परेड आयोजना गरिएको थियो, जसमा राष्ट्रपति, प्रधानमन्त्री, सशस्त्र सेनाका प्रमुखहरू र साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमान बिन अब्दुलाजिज अल साउद सहभागी थिए । देशका सबै प्रमुख सरकारी भवनहरूमा राष्ट्रिय झण्डा फहराइएको थियो भने पाकिस्तान निर्माणमा लाहोर संकल्पको महत्वलाई उजागर गर्न मानिसहरूले ¥याली र सेमिनारहरू आयोजना गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);