केन्याको मध्यकालीन आर्थिक योजना शुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

केन्याको मध्यकालीन आर्थिक योजना शुरु

काठमाडौं,११ चैत्र । केन्याका राष्ट्रपति विलियम रुटोले मध्यमकालीन योजना शुरु गर्नुभएको छ । रुटोले मध्यकालीन योजना २०२३–२०२७ ले देशको आर्थिक वृद्धि, विशेष गरी तल्लो तहमा केन्द्रित रहने बताउनु भयो । कार्यक्रम अन्तर्गत केन्याले आर्थिक बृद्धिलाई टेवा पु¥याउन युवाका लागि प्रत्येक वर्ष १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने योजना रहेको उहाँले बताउनु भयो ।

रुटोले यातायात क्षेत्रमा सरकारले ६ हजार किलोमिटर नयाँ सडक र २७७ वटा फुटब्रिज निर्माण गर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तन देशको आर्थिक विकासको लागि सबैभन्दा ठूलो खतरा रहेको र केन्याले सिंचाई खेतीलाई समर्थन गर्न र कृषि उत्पादकत्व बढाउन सुक्खा र अर्ध–सुक्खा क्षेत्रमा पानी प्यानहरू निर्माण लगायत लचिलोपन निर्माण गर्न लगानीलाई प्राथमिकता दिने बताउनु भयो । केन्याले नवीकरणीय ऊर्जा परियोजनाहरूमा थप लगानी गर्ने र २.३ मिलियन केन्याका घरधुरीहरूलाई बिजुलीसँग जोड्ने बताउनु भयो ।

सरकारले इन्टरनेट पहुँच बढाउन र डिजिटल अर्थतन्त्रको विकास गर्न १ लाख किलोमिटर फाइबर अप्टिक केबल निर्माण गर्ने रुटोले बताउनु भयो । केन्याले १०.८ मिलियन भन्दा बढी घरपरिवारमा पुग्ने र स्वास्थ्य सेवाहरूलाई डिजिटलाइज गर्ने लक्ष्य राख्दै सामाजिक स्वास्थ्य बीमा बिस्तार गर्ने बताउनु भयो । केन्याको अर्थतन्त्र २०२३ मा ५ प्रतिशत बढेको छ । २०२२ मा ४.८ प्रतिशत थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष र केन्याको राष्ट्रिय कोषले सन् २०२४ मा अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);