इजिप्टले इन्धनको मूल्य बढायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इजिप्टले इन्धनको मूल्य बढायो

एजेन्सी,११ चैत्र । इजिप्टले अर्थतन्त्रमा विनिमय दर उदारीकरणको प्रभाव र पेट्रोलियम पदार्थको बढ्दो ढुवानी लागतका कारण इन्धनको मूल्य बढाउने घोषणा गरेको छ ।

पेट्रोलियम र खनिज स्रोत मन्त्रालयले पेट्रोलको मूल्य प्रतिलिटर एक इजिप्टियन पाउण्ड (लगभग २ यूएस सेन्ट) ले बढाएको हो ।

मन्त्रालयले विनिमय दरको उदारीकरण र पेट्रोलियम पदार्थको बढ्दो ढुवानी लागत, लाल सागरमा तनावले बढाएको मूल्यवृद्धिलाई श्रेय दिएको छ । यसबाहेक डिजेलको मूल्य ८।२५ पाउण्डबाट १० पाउण्ड प्रतिलिटर र घरेलु प्रयोगका लागि १२।५ किलोग्रामको ब्युटेन सिलिण्डरको मूल्य ७५ पाउण्डबाट बढेर १०० पाउण्ड पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);