गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री

काठमाडौं, २० असोज ||
प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताउनु भयो । उहाँले अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन आग्रह गर्नुभयो । उहाँले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्रै देख्ने परिपाटी रहेको भन्दै यस्तो समस्या समाधान गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेतृत्व भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा भएको पनि बताउनु भयो ।
प्रधानमन्त्री दाहालले दक्षिणपन्थीहरुले देशमा टाउको उठाउने खतरा रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);