भ्रष्टाचारबिरुद्ध विद्यार्थी संगठनको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भ्रष्टाचारबिरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

AKHIL KRANTRIKARI

काठमाडौं, २८ वैशाख । सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् । बिहीवार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिरोध गरेको हो ।

नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको भृकुटीमण्डप परिसरमा प्रर्दशन गरेका हुन् । प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले चलाउनुभएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताउनु भयो । उहाँले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरु राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरुप प्रदर्शनमा आएको बताउनु भयो । उहाँले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने बताउनु भयो ।

प्रर्दशनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यवद्धता जनाएको बताउनु भयो । उहाँले यो घटनाको कुनैपनि दबाबमा नपरीकन पक्राउ गरी छानबिन गर्न आग्रह गर्नुभयो ।

सरकारले व्यक्त गरेको शाहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरु खोल्नुपर्ने बताउनु भयो ।

FIle Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);