बझाङको सरस्वती माविमा अब अंग्रेजी माध्यमबाट पनि पढाइ हुने | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

बझाङको सरस्वती माविमा अब अंग्रेजी माध्यमबाट पनि पढाइ हुने

काठमाडौं, १२ वैशाख । बझाङको बुङ्गल नगरपालिका–४ को बिजगडास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अब नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुने भएको छ । शैक्षिक शत्र २०८० बाट नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्ययन गराउने निर्णय गरेको नगरपालिकाका मेयर जयबहादुर धामीले बताउनु भयो ।

सो विद्यालयमा अहिलेसम्म नेपाली माध्यमबाट मात्र पढाई हुँदै आएको थियो । आफ्नो ५ वर्षे कार्यकालमा नगरभित्रका धेरै विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पनि पढाउने व्यवस्था गर्ने मेयर धामीले बताउनुभयो ।

आफ्नो क्षेत्रमा शैक्षिक, स्वास्थ्य, यातायात लगायतमा धेरै समस्या रहेको बारे जानकारी गराउँन र बजेट माग्न विभिन्न मन्त्रालयसँग छलफलका लागि केही दिन अघि मेयर धामी काठमाडौं आउनु भएको थियो । यी सबै समस्याबारे सम्बन्धित मन्त्रालयमा जानकारी गराएको उहाँले बताउनु भयो । सोही अनुसार नगरपालिकाले काम थालनी गरेको पनि उहाँको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);