जगदम्बा जीतपुरसिमरा गोल्डकप : भरतपुर क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जगदम्बा जीतपुरसिमरा गोल्डकप : भरतपुर क्वाटरफाइनलमा प्रवेश

बारा, १० चैत । भरतपुर फुटबल क्लब विहिवारबाट बाराको सिमरा रंङशालामा शुरु भएको १३ औं संस्करणको जगदम्बा जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

आयोजक नव–जनजागृती यूवा क्लबलाई ३–१ को अन्तरले पन्छाउँदै भरतपुरले अन्तिम ८ को यात्रा तय गरेको हो । शूरुवाती अग्रता बनाएको भरतपुर विरुद्ध बराबरी गोल फर्काए पनि आयोजक टिम घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरीयो ।

भरतपुरले खेलको सातौं मिनेंट मैं भिष्म क्षेत्रीको गोलबाट अग्रता बनायो । आकाश थापा मँगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मलेले टिमलाई अग्रता दिलाएका थिए । सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनेंटमा बराबरी गोलको अवसर बनायो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरे पछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसको केहि मिनेंट मै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो । भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र फाउल गरे पछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो । सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

खेलको अन्तिम समय सम्म आयोजक विरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेंटमा सुनील श्रेष्ठ कै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता ग¥यो । दोश्रो हाफको इन्जुरी समयको सातौं मिनेंटमा सुनीलले गोल गरेका थिए ।

आयोजक विरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहिँत ट्रफि प्राप्त गरे । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याच प्रदान गरे ।

आज शुक्रवार बिरगंज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाही बिच खेल हुँने आयोजकले जनाएको छ । खेल सुरु हुँनु अघि नेपाल सरकारका पूर्व मन्त्री एवंम् बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);