हेटौंडालाई ३–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा फाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

हेटौंडालाई ३–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा फाईनलमा प्रवेश

बारा, १६ चैत । मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३औं जीतपुरसिमरा गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ । बुधबार सिमरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुरविरुद्ध आक्रामक खेल खेल्दै एक दशक पछि हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको हो ।

गत २०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको २०६९ को चौथो सिमरा गोल्डकपमा उप– विजेता बनेको थियो । सिमरा रङ्गशालामा निरन्तर सहभागिता जनाउँदै आएको शेर्पाले दशक पछि तेश्रो पटक फाइनल यात्रा तय गरेको हो ।

हिमालयन शेर्पाले खेलको २९ औं मिनटमा सुशिल राईको गोलबाट अग्रता लिएको थियो । अव्योमीको पासमा सुशिलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शेर्पाको डिएरियाबाट बल खोस्दै काउण्टर मुभ बनाएका अब्योमी र सुशीलको आकर्षक तालमेलमा पहिलो हाफमा शेर्पाको अग्रता सम्भव भयो । हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने । खेलको ७४ औं मिनटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले आकर्षक दुई गोल गरे ।

खेलको ८७ औं मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै निशान लिम्बुले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए । डिबक्स भित्र मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल खोस्दै मिलनले निशानलाई सुन्दर पास उपलव्ध गराएका थिए । खेलको ७४ औं मिनटमा खामिर गिल्सनको ठाउँमा मैदान प्रवेश गरेका मिलन राईले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

खेलको अन्तिम समयमा निशान लिम्बुको व्यक्तिगत दोश्रो गोलबाट हिमालयन शेर्पाले ३–० को जित सुनिश्चित गर्दै फाइनल यात्रा तय ग¥यो । इन्ज्युरी समयको चौथो मिनटमा हिमालयन शेर्पाका मिलन राइको पासमा निाशानले अर्को गोल थपे । डिबक्स भित्र डिफेण्डरको गल्तीका कारण मकवानपुरले अन्तिम मिनटमा तेश्रो गोल बेहोर्नु प¥यो ।

क्वाटरफाइनलमा भरतपुर फुटबल क्लबविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको मकवानपुर ११ हिमालयन शेर्पाको सामु निरिह देखियो । शेर्पा विरुद्ध मकवानपुरले सम्झन लायक अवसर बनाउन सकेन ।
प्रतियोगिता अन्तर्गत विहिबार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज यूनाईटेड विच दोश्रो सेमिफाइनल खेल हुने छ ।

शनिबार हुने फाइनल खेलको प्रमूख अतिथीका रुपमा उप–राष्ट्रपति रामसहाय प्रसाद यादब उपस्थित हुने तय भएको आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);