प्रचण्ड नेतृत्वको सरकारले गरायो माओवादी सशस्त्र गतिविधिमा ज्यान गुमाएकालाई 'राष्ट्रिय सहिद' घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्ड नेतृत्वको सरकारले गरायो माओवादी सशस्त्र गतिविधिमा ज्यान गुमाएकालाई ‘राष्ट्रिय सहिद’ घोषणा

काठमाडौं, ४ चैत्र । दश वर्ष लामो माओवादी सशस्त्र गतिविधिमा ज्यान गुमाएका हजारौंलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरिएको छ । देशका ७७ जिल्ला प्रशासन कार्यालयबाट नाम संकलन गरी उनीहरुलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरिएको हो ।

सहिद घोषणा गरिएकाहरुको नाम राजपत्रमा प्रकाशित गरिएको छ । फागुन २९ को मिति राखेर राजपत्रमा प्रकाशित सूचीमा माओवादीमा लागेर ज्यान गुमाएकाहरु छन् ।
२०५२ देखि सुरु भई २०६३ मा वृस्तृत शान्ति सम्झौता भएपछि अन्त भएको माओवादी सशस्त्र गतिविधिलाई ‘जनयुद्ध’ भन्ने गरिएको । यस क्रममा माओवादी, सुरक्षाफौज र सर्वसाधारण गरी १७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

माओवादीले सशस्त्र गतिविधिमा ज्यान गुमाएकाहरु सबैलाई राष्ट्रिय सहिदको मान्यता दिनुपर्ने माग राख्दै आएको थियो । दश वर्षे सशस्त्र गतिविधिको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्बाट निर्णय गरेर सहिद घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले ७७ जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरुको नामावली राजपत्रमा प्रकाशित गरिएको जानकारी दिएका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);