मन्त्रिपरिषद् बैठक-सिंहदरबार छाडेर बालुवाटारमै, यस्तो छ बैठकका शृंखला | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

मन्त्रिपरिषद् बैठक-सिंहदरबार छाडेर बालुवाटारमै, यस्तो छ बैठकका शृंखला

ser bahadur

काठमाडौं,२३ माघ । सरकारले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी विद्रोहीबाट मारिएका सबै कर्मचारीलाई एकमुष्ट सहिद घोषणा गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्वका क्रममा माओवादीबाट मारिएका नेपाली सेना, जनपद र सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारी, निजामती कर्मचारी, शिक्षकलगायत सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

कर्मचारी तहबाट माओवादी विद्रोहीबाट मारिएकालाई सहिद घोषणा गर्नुपर्ने माग उठिरहेको थियो। सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले विद्रोहीबाट मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरिएको जानकारी दिए। तत्कालीन विद्रोहीबाट मारिएका कर्मचारीको संख्या भने यकिन छैन।,
बालुवाटारबाटै निर्णय

पछिल्ला तीन सातादेखि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कार्यालय सिंहदरबार जानै छाडेका छन्। तीन साताको अवधिमा प्रधानमन्त्री देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का १० वटा बैठक राखेका छन्। सामान्यत सरकारका निर्णय प्रधानमन्त्री र मन्त्रीहरूको कार्यालय सिंहदरबारबाट गर्नुपर्ने मान्यता छ। बालुवाटार बैठकबारे कतिपय मन्त्रीले नै अनभिज्ञता जनाउन थालेका छन्। २१ पुसदेखि प्रधानमन्त्रीले लगातार मन्त्रिपरिषद्को बैठक बालुवाटारमै बस्दै आएको छ।

बालुवाटारमा बैठकका शृंखला

  • १४ पुस
  • २१ पुस
  • २ माघ
  • ३ माघ
  • १० माघमा दुई पटक
  • ११ माघ
  • १५ माघ
  • १८ माघ
  • २२ माघ ,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);