चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा

sahid

काठमाडौँ,१२ माघ । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले १२ वर्षपहिले २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीमा बम विस्फोटमा परी मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको हो । बाँदरमुढेमा तत्कालीन माओवादीले थापेको एम्बुसमा यात्रुवाहक बस पर्दा ३८ जनाको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीबाट कास्की जिल्लामा मारिएका नौ, सिन्धुपाल्चोकमा मारिएका सात, सुनसरीमा मारिएका दुई र खोटाङमा मारिएका एक जना कांग्रेस कार्यकर्तालाई पनि शहीद घोषणा गरेको छ ।बैठकले दुई जना सचिवको सरुवा गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटा पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ भने पर्यटन सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पु¥याइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);