राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छुः नवनिर्वाचित उपराष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छुः नवनिर्वाचित उपराष्ट्रपति यादव

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने बताउनुभएको छ ।

शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पन िआफू लाग्ने बताउनु भयो । हउाँले शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पु¥याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवद्र्धन गर्नमा मेरो इमान्दारिताकासाथ भुमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी छ, त्यसलाई निस्कर्षमा पु¥याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ । हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो । उहाँहरुसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भुमिका खेल्ने जनता र सांसहरुप्रति धन्यवाद प्रकट गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);